” चेन्ज लाईभस इन नेपाल “

फेसबुकको स्ट्याटस र कमेन्टमा डुलिरहेका मेरा आखा बैंकर अनिल शाहको स्ट्याटसमा अड्किन पुगे । स्ट्याटसमा एउटा बिदेशी कस्मेटिक सामाग्री उत्पादक कम्पनीको ’boutमा थियो । जस्ले मान्छेलाई बाहिरी रुपमा मात्र नभई भित्रै देखि सुन्दर बानाउँन खोजेको, केहि दुखि परिवारको जीवनमा खुसि अनि मुखमा हाँसो ल्याउन खोजेको मलाई अनुभूति भयो । अनि धन्यबाद बैंकर अनिल शाहलाई जस्को  स्ट्याटसले मलाई यो लेख लेख्न उत्साहित गर्यो ।

अभिदा (Avida) भन्ने कस्मेटिक सामाग्री उत्पादन गर्ने कम्पनि  जुन हामी भन्दा हजारौं माईल टाढा अमेरिकामा छ जस्ले आफ्ना उत्पादनहरु विश्व ३१ प्रमुख राष्ट्रमा आफ्नै शाखा खोलि कारोबार गरिरहेको छ। यस कम्पनिले आफ्नो गिफ्ट प्याकको लागि नेपालमा बनेको लोक्ता पेपर प्रयोग गरिरहेको छ। अचम्म को कुरा त के भने नि त्यो हामी भन्दा हजारौं माईल टाढा रहेको कम्पनिले ” चेन्ज लाईभस इन नेपाल ” भन्ने एउटा कैंपियन नै सुरु गरेको रहेछ । जस अन्तर्गत हरेक उत्पादनको गिफ्ट प्याक नेपालमा बनेको हरियो लोक्ता पेपर बाट बनाउँने र त्यो उत्पादन बिक्रि बाट आएको केहि प्रतिशत रकम ” चेन्ज लाईभस इन नेपाल ” कैंपियनको लागि छुट्याउँने।

२००७ देखि अभिदाले अहिले सम्म १८ लाख सीट लोक्ता पेपर खरिद गरिसकेको रहेछ जस अन्तर्गत लगभग ६ हजारले रोजगारी र ३ हजार परिवारले आफ्नो जीविकोपार्जन यसै पेशा बाट धानिरहेका रहेछन। दोलखाको केहि गा.वि.स. मा त झन् पानीको समस्यालाई मध्यनजर गरि पानी टंकी र धाराको व्यवस्ता पनि गरेका रहेछन यस बाट पनि तिन सय परिवार लाभान्बित भएका रहेछन।

यहि सिलसिलामा मैले केहि अलि बढी बुझ्ने उद्देश्यले गूगल गरे र अर्को कुरा कोलम्बियामा रहेको मोंक पेपर (Monk Paper ) नाम गरेको कम्पनिले पनि हाम्रो देशमा बनेको लोक्ता पेपर बाट नोटबुक, कम्प्युटर पेपर देखि स्केचबुक सम्म उत्पादन गरि बिक्रि गरिरहेको।

मलाई यो सबै जानकारी पाईसकेपछि यो उत्पादन प्रति आफ्नोपनको भावना जागेर आयो र एकचोटी प्रयोग गर्न मन लागेर आयो।केहि पसलमा पाइन्छ कि भनि खोजिहिडे तर मैले कतै पनि भेटिन। धेरैले त नाम पनि सुनेका रहेनछन उही गर्निएर, सनसिल्क, डोभ, क्लिनिक प्लस नै राम्रो भन्ने सुनाए सायद उनीहरु सँग त्यहि मात्र भएर हो वा बुझेर नै हो ? उनीहरुले नै जानुन ।

खैर, पाउँनु नपाउँनु आफ्नो ठाउँमा छ महत्त्वपूर्ण कुरा के छ भने नि जुन ठाउँका मानिसलाई अभिदा के चिजको नाम हो भन्ने पनि थाहा छैन, त्यो ठाउँमा उसले आफ्नो उत्तर्दायित्व सम्झी केहि सामाजिक कार्य गरिरहेको छ, केहि अपुग भएका हरुको झोली भर्नेकम गरेको छ, तिर्खाले सुकेका घाँटि भिजाउने काम गरेको छ । रबि नपुग्ने ठाउँमा पनि पुग्छ कबि भनेझै, अभिदाको उत्पादन पनि नपुग्ने ठाउँ उसको सामाजिक सेवा पुगेको छ ।

हामीले हाम्रा, देशका नेताले कहिले सोच्ने अभावमा आफ्नो जीवन बिताई रहेका साधारण नेपालीको ’boutमा? कहिले हामी आफ्नो मात्र स्वार्थ बाट माथि उठ्ने ? नसोच्नुस मैले कति डलर पायर यो सब लाखिरहेको छु भनेर । मैले त आफ्नो मन मा खेलका अक्षरहरु लाई कोर्ने काम मात्र गरेको हुँ । एकचोटी ति साइट खोलेर हेर्नुस मोण्टे ब्लाङ्क, पार्कर जस्ता विश्व विख्यात पेनहरु  नेपाली लोक्ता पेपर बाट बनेको गिफ्ट प्याकमा प्याक भएर विश्वका कुना कुना सम्म पुग्छन भन्ने थाहा पाउँदा एउटा नेपालीको छाती कति चौडा हुन्छ भनेर। तपाई खुसीले गदगद हुनुहुनेछ जब तपाईले थाहा पाउनु हुनेछ कि विदेशीले बनाएको कम्पुटरमा नेपाली पेपर प्रयोग हुन्छ भनेर ।

Advertisements

के त्यो सेल्फी फोटो हो ?

zoom_12 (1) copyनेपाल रिपब्लिक मिडियाले प्रकाशित गर्ने ‘शुक्रबार’ साप्ताहिकको २०७१ पुस ३ गतेको अङ्कमा मैले खिचेको एउटा फोटो प्रकाशित भएको छ । प्रकाशन हुनु अनौंठो होईन तर मैले खिचेको फोटो मेरो अनुमति र सल्लाह बिना प्रकाशन हुनु गम्भीर विषय हो । पारिश्रमिकको त कुरै छोडौँ, प्रकाशित फोटोमा फोटोग्राफरलाई कुनै श्रेय दिइएको छैन । उक्त फोटो अहिले प्रचलनमा रहेको सेल्फी फोटो होइन । त्यो कसैको सिर्जना हो । अरुको सिर्जनाको त्यसरी दुरुपयोग गर्ने अधिकार आफूलाई व्यवसायिक मिडिया भन्नेलाई कहाँबाट आयो ?

कुरा केवल श्रेय र पारिश्रमिकको नभई व्यावसायिकता र नैतिकताको हो । तर ठूला मिडिया हाउसले यसरी अरुको कला अनुमतिबिना छाप्नु कति सुहाउँदो कुरा हो ? उक्त फोटो मेरो कला हो । सिर्जना हो । लगानी र मेहनत हो । म आफ्नो कलाको अभिभावक र मालिक हुँ । कुनै अनुमति, पारिश्रमिक र श्रेय बिना अरुको कला छाप्नुलाई के भन्ने ? खै कहाँ छ मिडियाको व्यावसायिकता र नैतिकता ?

रुकोे कला र सिर्जना दुरुपयोग गर्ने क्रम बढेको देखिन्छ । म त केवल प्रतिनिधि पात्र मात्र हो । केही महिनाअघि अमेरिकामा बस्ने नेपाली फोटोग्राफर विमल नेपालको फोटो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुरुपयोग गरेको समाचार आएको थियो । नेपालमै पनि कान्तिपुर दैनिकका फोटो पत्रकार सन्जोग राईको फोटो एउटा ठूलो मिडियाले दुरुपयोग गरी प्रकाशित गरेको सुनिएको थियो । सम्बन्धित निकायले ध्यान नदिएर हो वा नेपालमा नियम कानुन फितलो भएर हो ? अरुकोे कला र सिर्जना दुरुपयोग गर्ने क्रम बढेको देखिन्छ ।

मेरो उद्देश्य भोलि सर्जकको कला बिना अनुमति कही कतै दुरुपयोग नहोस् भन्ने हो । पारिश्रमिक दिन नसके पनि जसको सिर्जना हो उसैको नाममा छाप्न र प्रकाशन गर्न सक्ने हैसियत ठूला मिडियाहरुले राख्न सक्नुपर्छ । यसै विषयमा शुक्रबार साप्ताहिकका सम्पादकलाई इमेल पनि गरेको थिएँ तर अहिलेसम्म त्यसको जवाफ पाएको छैन । आशा गरौं उहाँले यस विषयमा नैतिक र जिम्मेवार भएर प्रतिक्रिया जनाउनुहुनेछ ।

छुट्टीएक मनहरु………………

मान्छेलाई खुसि हुन कुनै कारण नै चाहिदैन रे, अनि दुखि हुन पनि  मान्छेको प्रकृति नै यस्तै हुन्छ । आज मलाई यस्तै भयको छ बेहानै देखि मन खुसि छ खुसि हुनु पर्ने कुनै कारण त छैन तै पनि मन आफै रमाइरहेको छ साएद उनि सँग भेट हुने भएर हो कि ?  हाम्रो भेट एक बर्ष  हुँदैथियो । जुन दिन को म  बेग्र प्रतिक्षा मा थिए त्यो दिन आइसकेको थियो मन मा नानाथअरी कुरा खलिरहेका थिए । हाम्रो मिलन सम्झेर म अफै रमाई रहेको थियँ मेरो मन कहिले बदल बनेर आकश माथि माथि उडिरहेको थियो कहिले मयुर झै नचिरहेको थियो ।आफ्नै मनलाई काबुमा राख्नन आफैलै गारो भैरहेको थियो ।

हन्रो १ बजे न्यूरोड गेट मा भेट्न कुरा भएको थियो तेही अनुसार नै म समयमा नै त्यहाँ पुगे । अनगिन्ती मुहारहरु ओहोरदोहोर गरिरहेका थिए त्यो मान्छेको भिड मा मैले खोजेको मुहर नदेख्दा एक्कसि आकाश  मा उडिरहेको मन धर्तिमा बजारियो ।

एउटा मेसज गरे ।

तिमी कहाँ ?

एकैछिन मा रिप्लाई आयो ।

म आउँदैछु , जस्ट ५ मिनेट ।

मा उनलाई भेट्न ललाईत थिए । उनको आगमन सँगइ हामीले मुस्कान साटासट गर्यैो उनी केही लजाइरहेको मलाई स्पस्ट भान भाईरहेको थियो । म पनि अली असजिलओ नै मनिरहेको थियँ। कैयैा पटक भेटिसकेका हामी आज भेट्दा भने पहिलो चोटी भेटे झैँ लागिरहेको थियो।

सन्चै छौ ?

औपचारिकता म तिर तेर्सियो ।

अँ ! सन्चै छु । अनि तिमिलाई कस्तो छ ?

बाँचेकी छु ।

उनि हाम्रो यो बिछोडबाट खु:शी थिइनन् वा मेरो सहानुभूति खोजिरहेकी थिइन ।

केहि नबोली हामी बसन्तपुर पूग्यैा ।

भोक लाग्यो ? के खाने ?

उत्तर आयो, हैन लागेको छैन । सायद हाम्रो पुन: मिलनले उनको पनि पेट भरिएको थियो मेरो जस्तै ।

केहि समय हामीले बसन्तपुरमा नै गफ गरेर बितायैाँ । केहि बेरमा नै हामी बीचको स्तिथि सहज हुदै गयो । हामी फेरि पहिला जस्तै जिस्कन थालिसकेका थियैा । उनि एकोहोरो बोलिरहेकी थिइन मा भने उनैलाई एकोहोरो हेरेर आनन्दित भैरहेको थिएँ, उनको मधुर बोलि सुनेर लट्ठ भैरहेको थिएँ । यो दुई महिनामा धेरै यस्ता सुनौला पलहरु मिस गरेकोमा आफैलाई पछुतो लागिरहेको थियो । एकछिन येस्तै तिता मिठा कुरा भए मुखले भन्दा हाम्रा आँखा र मनले धेरी कुरा गरे । धेरै पछि भेटेर होला हाम्रो माया भरिएको गाग्री झैँ छताछुल्ल पोखिएको थियो ।

अब जानुपर्छ उनले भनिन मलाई भने उनीसंग कहिले छुटिनु नपरे हुन्थ्यो लागिरहेको थियो । बानेश्वर पुग्नु थियो हिड्दै जाँदा कम्तिमा पनि १ घण्टा त लाग्थ्यो अनि त्यो १ घण्टा त हामी संगै हुनेछौ भनि मन बुझाएँ । हिलले होला उनलाई हिड्न अलि गारो भैरहेको थियो जुनकुरा मैले पनि अनुभूत गरिरहेको थिए । मेरो मनमा भने एउटा कुरा उम्रि सकेको थियो कुनै फिल्मी हिरोले झैँ उनलाई काखमा बोकेर लैजाउँ अनि टपक्क उनको गन्तब्यमा लगेर छोडिदिउँ । आखिर मन न हो जति चाडो कुरा फ़ुल्छ त्यती नै चाडो हराएर पनि जान्छ न त त्यो कुरा मैले गर्न नै सके न त उनीलाई भन्न नै सके । बेलुकाको ६ बजिसकेको थियो बिदाको दिन भएर होला सडकमा गाडीको चाप पनि अरु दिन जस्तो थिएन । सधै हिड्ने बाटो पनि आज उनीसंग हिड्दा नौलो जस्तै लागिरहेको  थियो । केहि दिन पछि प्रणय दिवस थियो मलाई भने ४ दिन अगाडी नै  प्रणय दिवस आएजस्तो लागिरहेको थियो ।

अनि के छ Valentine day को प्लान ? मैले सोधे ।

उनले नसुने झैँ गरिन् अनि मलाई त्यो प्रश्न दोहोर्याएर हिम्मत नै आएन । हिड्दा हिड्दै बानेश्वर पुगेपछि बल्ल अलि भोक लागे जस्तो भयो  । बसेर खाजा खाने समय हामीसंग थिएन ।

चकलेट खाने ! मैले सोधे ?

उनको जवाफ नखाने थियो , म भने चक्लेट किन्न पसलतिर हिडे दुईवटा  चक्लेट मागे पैसा भने म भन्दा पैला उनैले दिन भ्याईन । कोइन्सिडेन्स त्यो दिन चकलेट डे रहेछ त्यो पनि पछि उनैले भनेर थाहा पाएको साएद तेही भएर होला उनले चकलेट  नखाने भनेको । उनको घरपनि आइपुग्न लग्यो मनले भने उनीसंग छुट्न मानिरहेको थिएन तर अलग्गिने समय आएरै छाड्यो ।

मम्मीले गाली गर्नुहुन्छा उनले सुस्तरी भनिन अनि एकनासले मलाई हेरिरहिन मानौ उनि पनि सधै मसंग नै बस्न चाहान्छिन । उनको आखाले मलाई  तिमीसँगै लैजाऊ भनेको म स्पस्ट देखिरहेको थिएँ ।

ल म गए वाई  मन नलागी नलागी उनीले भनिन ।

ओक वाई  मेरो जवाफ ।

अगि सम्म संगै हिडेका हामी अहिले हाम्रो बाटो अलग भैसकेको थियो । स्मृति मा भने उनि मात्र थिईन ………………………….।